काठमाडौं, जेठ २६ । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको पुनर्बहाली गर्ने सर्वोच्चको निर्णय विरुद्ध पुनरावलोकनको निवेदन दर्ता भएको छ।
प्रदेशसभा सचिवालयका तर्फबाट सभामुख नेत्रनाथ अधिकारी र जनमोर्चा संसदीय दल गण्डकी प्रदेशका तर्फबाट नेता पियारी थापाले पुनरावलोकनको निवेदन दिएका हुन्।
निवेदनमा पुनर्बहालीको अन्तिम आदेश नआउँदासम्म निस्क्रिय राख्न माग गरिएको छ। यसमाथि सुनुवाइका लागि भोली बिहीबार पेशी तोकिएको छ।
पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागेको भन्दै जनमोर्चाले थापालाई कारबाही गरेको थियो। त्यसविरुद्ध थापाले सर्वोच्च अदालतले रिट हालेपछि न्यायाधीश कुमार चुडालको एकल इजलासले उनलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो।
Facebook Comments


























