काठमाडौं, जेठ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार साँझ ५ बजेका लागि बोलाएको मन्त्रिपरिषद् बैठक अकस्मात स्थगित भएको छ। सोमवारको बैठक भर्चुअल माध्यमबाट गर्ने तयारी गरिएपनि अन्तिममा स्थगित भएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी भएपछि पुनर्गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठक बस्न लागेको थियो। तर बैठक अन्तिममा स्थगित भएको एक मन्त्रीले जानकारी दिए। बैठक स्थगित हुनुको कारणबारे केही खुलाइएको छैन।
Facebook Comments


























