जेठ २४ । पोर्चुगललाई हराउँदै जर्मनी यू–२१ फुटबलको युरोपियन च्याम्पियन बनेको छ। आईतबार राति भएको फाईनल खेलमा जर्मनीले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्यो।
जर्मनीको जितमा लुकास नेमेचाले विजयी गोल गरे। उनले खेलको ४९ औ मिनेटमा गोल गर्दै जर्मनीको युथ टिमलाई युरो च्याम्पियन बनाए। जर्मनीले तेस्रो पटक यू–२१ को युरो च्याम्पियन बनेको हो। पोर्चुगल यसपटक समेत फाईनलमा उपाधि जित्नबाट बञ्जित बन्यो।
तेस्रो पटक फाईनल खेलेको पोर्चुगल यसपटक समेत उपाधिबाट बञ्जित बनेको हो। एजेन्सी
Facebook Comments


























