जेठ २२ । फिफा विश्वकप छनोटमा ब्राजिलले इक्वेडरविरूद्ध सहज जित निकालेको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार भएको खेलमा ब्राजिलले इक्वेडरलाई २-० गोलले हराएको हो।
ब्राजिललाई जित दिलाउन रिचार्लिसन र नेयमारले एकरएक गोल गरे। ६५औँ मिनेटमा रिचार्लिसन र इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-० को जित दिलाएका हुन्। विश्वकप छनोटमा लगातार पाँचौं जित निकालेको ब्राजिलले ५ खेलमा १५ अंक जोडेको छ।
ब्राजिल तालिकाको शीर्ष स्थानमा रहेको छ। इक्वेडर ९ अंकसहित तेस्रो स्थानमा छ। एजेन्सी
Facebook Comments


























