जेठ १८ । जर्मन क्लब बोरुसिया डर्टमण्डले युवा गोलकिपर ग्रेगोर कोबेललाई अनुबन्धित गरेको छ। डर्टमण्डले जर्मन क्लब स्टुटगार्डबाट गोलकिपर कोबेललाई अनुबन्ध गरेको हो।
स्विस गोलकिपरले डर्टमण्डसँग २०२६ सम्मको सम्झौता गरेका छन्। २३ वर्षीय गोलकिपर कोबेलले यस सिजन ३३ बुन्डेसलिगा खेल खेलेका थिए। उनी होफेनहाइमबाट स्टुटगार्ड आएका थिए। १६ वर्षकै उमेरमा क्लबसँग व्यावसायिक सम्झौता गरेका उनले स्विजरल्याण्डको सबै उमेर समूहबाट खेलिसकेका छन्। एजेन्सी
Facebook Comments


























