जेठ १८ । अफगानिस्तान क्रिकेट बोर्डले अस्गर अफगानलाई टिमको कप्तानबाट बर्खास्त गरेको छ। अफगानिस्तान क्रिकेट बोर्डले एक विज्ञप्ति निकाल्दै अफगानलाई कप्तानी पदबाट हटाईएको जनाएको छ।
जिम्बावेविरुद्धको सिरिजमा खराब प्रदर्शन र खराब रणनीतिको कारण हार व्यहोर्नुपरेको भन्दै अफगानिस्तानले कप्तानलाई बर्खास्त गरेको हो। अफगान दोस्रो पटक कप्तानबाट बर्खास्तमा परेका हुन्। यस अघि उनी २०१९ को विश्वकप अघि बर्खास्तमा परेका थिए।
अफगानिस्तानले हस्मतउल्लाह शाहिदीलाई एकदिवसीय र टेस्ट टिमको कप्तानी दिएको छ। रहमत शाह उपकप्तान चयन भएका छन्।
अफगानिस्तानले टी-ट्वान्टीको कप्तान भने चयन गरेको छ। तर, लिग स्पिनर राशिद खानलाई टी-ट्वान्टीको कप्तानी दिन सक्ने बताईएको छ। एजेन्सी
Facebook Comments


























