जेठ १६ । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो कारोबारको दिन शुक्रवार छापावाल सुन प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आइतवार तेजाबी सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
Facebook Comments


























