काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजन सम्बन्धी सम्पूर्ण समस्या समाधान भइसकेको दावी गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भइरहेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले बाहिरबाट ल्याएर अक्सिजन र सिलिण्डरको समस्या समाधान भइसकेको बताए।
‘ठुलो मात्रामा चाहिँदा अक्सिजनको माग धेरै थियो। सिलिण्डरको माग धेरै थियो। अब सिलिण्डरको समाधान समाधान भइसकेको छ। अक्सिजनको पनि समस्या समाधान भइसकेको छ। भेन्टिलेटरको पनि समस्या छैन’, प्रधानमन्त्री ओलीले भने, ‘सिलिण्डर प्लेनमा राखेर भएपनि ल्यायौँ। त्यसो गर्दा एउटै सिलिण्डरको पचासौँ हजार मूल्य पर्यो।’
प्रधानमन्त्री ओलीले कोरोना संक्रमण दर ओरालो लाग्न थालेको भन्दै केही समयमा नियन्त्रणमा लिइसक्ने विश्वास व्यक्त गरे।
Facebook Comments


























