काठमाडौं, जेठ ७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरूको भेला गरेका छन्। नेपाल समूहका सांसदहरू अहिले सिंहदरबारमा भेला भएका छन्।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो।
नेता नेपालसहित भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरू सिंहदरबार पुगेका छन्। राष्ट्रपति भण्डारीले शुक्रबार साँझ पाँच बजेसम्म संविधानको धारा ७६ ९५० अनुसार नयाँ सरकार गठनका निम्ति समय दिएकी छन्।
Facebook Comments


























