जेठ ७ । साविक विजेता पोर्चुगलले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ। पोर्चुगलले बिहीबार युरोकपका लागि २६ सदस्सीय टिमको घोषणा गरेको हो।
क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले टिमको घोषणा गरेको हो। साविक विजेता समेत रहेको पोर्चुगलले रोनाल्डोसहित आठ फरवार्डलाई टिममा राखेको छ।
तर, पोर्चुगल यस पटक कठिन समूहमा रहेको छ। पोर्चुगल रहेको समूह ‘एफ’ मा विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरी रहेको छ। पोर्चुगलले पहिलो खेल हंगेरीसँग खेल्नेछ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ। यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ। एजेन्सी
Facebook Comments


























