काठमाडौं, जेठ ५ । चीनले सहयोग गरेको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ। कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको अक्सिजन सिलिन्डर र २०० थान अक्सिजन जेनेरटर लगायतका स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको हो।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल वायुसेवाको निगममार्फत कोरोना संक्रमणमा प्रयोग हुने स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको जानकारी दिइन्। चीनले नेपाललाई कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रयोग हुने विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरिरहेको छ।
Facebook Comments


























