नवलपरासी, जेठ ५ । नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना भएको छ। दुर्घटनामा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
काठमाडौँबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खसेर दुर्घटना भएको हो। दुर्घटनामा चार जनाको घटनास्थलमै ज्यान गएको हो। दुर्घटनाको खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले चार जनाको शव भेटाएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले जानकारी दिए।
दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्याएको छ। निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























