नवलपुर, जेठ ३ । पूर्वी नवलपरासी जिल्लामा १० दिन निषेधाज्ञा थप गरिएको छ।
जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएममसी) को शोमबार बसेको वैठकले १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ। निषेधाज्ञा जेठ १४ गते राति १२ बजेसम्म लागु हुनेछ। यसअघि जेठ ४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो। त्यसैगरी, बैंकहरु आलोपालो गरेर खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन्।
तरकारी तथा खाद्य सामग्री खरिद गर्ने बाहनामा घरबाट निस्कने मानिसहरुले संक्रमण फैलाएको भन्दै नवलपुरमा तरकारी तथा खाद्य सामग्री पसल पनि निश्चित समयका लागि मात्र खोल्ने निर्णय भएको छ।
त्यसैगरी, कोभिड १९ नियन्त्रणका लागि जनस्तरबाट भएको सहयोगहरु जिल्ला स्तरको विपद् व्यवस्थापन समिति मार्फत एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्नुपर्ने निर्णय भएको छ।
Facebook Comments


























