चितवन ०३ जेठ । चितवन प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। राप्ती नगरपालिका वडा नं.१ दुविचौर झ्याल्लाचौर स्थित राजु भण्डारीको घरमा डेरा गरी बस्ने शिखर प्रजालाई जेठ १ गते पक्राउ गरेको हो। प्रजाले आफ्नै डेराकोठाबाट प्रतिबन्धित लागुऔषध गाँजा सञ्चय गरी बिक्री वितरण गरेको प्रहरीको आरोप छ। प्रजाको डेराबाट ९०० ग्राम गाँजासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सरोज गिरीले जानकारी दिए।
Facebook Comments


























