बैशाख ३० । भारत आईसीसी टेस्ट राष्ट्र वरीयताको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार भारत शीर्षमा यथावत रहेको हो।
न्युजिल्याण्ड पनि दोस्रो स्थानमा यथावत रहेको छ। नयाँ वरीयतामा इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिएको छ। अष्ट्रेलिया भने चौंथो स्थानमा झरेको छ।
यस्तै पाकिस्तान पाँचौं स्थानमा रहेको छ। नयाँ वरीयता अनुसार वेस्ट इन्डिज छैटौं स्थानमा उक्लिएको छ। दक्षिण अफ्रीका सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र जिम्बावे दशौँ स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























