चितवन, बैशाख ३० । कोरोना भाइरसको संक्रमण बढेपछि ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ। वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ७३ जिल्लामा विस्तार भएको हो। त्यसमध्ये ६७ जिल्लामा पूर्ण र ६ जिल्लामा आंशिक आदेश जारी भएको छ।
अब चार जिल्ला मात्र खुला छन्। गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व तेह्रथुम र खोटाङले मात्र निषेधाज्ञा लगाएका छैनन्। पछिल्लो पटक निषेधाज्ञा गरिएको जिल्लामा भोजपुर र मुस्ताङ छन्।
निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ। अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।
Facebook Comments

























