बैशाख २९ । श्रीलंकाले बंगलादेश भ्रमणका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ। श्रीलंकाले कुशल परेराको कप्तानीमा १८ सदस्सीय टिमको घोषणा गरेको हो।
टिममा परेरासहित कुशल मेन्डिस, दनुश्का गुनाथलिका, धनन्जय डी सिल्भा, पाथुम निशान्का, दसुन शनका, अशेन बन्दरा, वानिन्दु हसरंगा रहेका छन्। यस्तै इसुरु उदना, अकिला धनन्जय, निरोशन डिक्वेला, दुश्मन्था चामिरा, रमेश मेन्डिस, असिथा फेर्नान्डो,लक्सन सन्दकान, चामिका करुनारत्ने, बिनुरा फेर्नान्डो र शिरण फेर्नान्डो रहेका छन्।
श्रीलंकन टिम मे १६ मा बंगलादेश प्रस्थान गर्ने छन्। ढाकामा बंगलादेश र श्रीलंकाबीच एकदिवसीय सिरिज हुनेछ। ढाकास्थित शेर बंगला नेसनल स्टेडियममा बंगलादेश र श्रीलंकाबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ। आईसीसी एकदिवसीय सुपर लिग अन्तर्गत रहेको सिरिजको पहिलो खेल मे २३ मा हुनेछ।
यस्तै दोस्रो खेल मे २५ र अन्तिम खेल मे २८ मा हुनेछ। एजेन्सी

























