बैशाख २८ । यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा हुने सम्भावना बढेको छ। च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन्।
सिटी र चेल्सीबीचको फाइनल खेल मे २९ मा हुनेछ। फाइनल खेल टर्कीको इस्तानबुलमा हुने तालिका रहेको छ।
तर, इंग्ल्यान्ड सरकारले कोरोना प्रभावित देशको यात्रामा लगाएको प्रतिबन्धको कारण फाइनल खेल पोर्चुगलमा सर्ने सम्भावना बढेको छ। युएईएफले मंगलबार फाइनल खेल स्थलबारे निर्णय गर्ने बताईएको छ।
यस अघि युएईएफले इंग्ल्यान्डमै फाइनल गराउने योजना बनाएको थियो। तर, युएईएफ र बेलायती सरकारी अधिकारीबिचको वार्ता नमिलेको बताईएको छ। एजेन्सी
Facebook Comments


























