काठमाडौं, बैशाख २६ । कोरोना संक्रमित सासदहरू पनि सोमबार (भोलि) संसद्मा हुने मतदानमा सहभागी हुन पाउने भएका छन्। शुक्रबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदलाई पनि मत हाल्न दिने व्यवस्था मिलाउने निर्णय गरेको हो। हाल २६ जना सांसद कोरोना संक्रमित छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन्।
बैठकले विश्वासको मत लिने प्रक्रिया भोलि नै टुंग्याउने निर्णय पनि गरेको छ। कोरोना परीक्षण नगरेका सांसदहरूले अनिवार्य परीक्षण गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।
Facebook Comments


























