काठमाडौं, बैशाख २६ । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
भेटमा प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मत, जसपाको भूमिका लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्। यसअघि ठाकुर र महतोले देउवालाई उनकै निवास बुढानीलकण्ठ पुगेर छलफल गरेका थिए। छलफलबाट केही निचोड निस्कियो कि निस्किएन भन्ने विषयमा नेताहरुले ठोस धारणा सार्वजनिक गरिसकेका छैनन्।
Facebook Comments


























