बैशाख २३ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्म आइपुग्दा १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। उक्त नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १४८.३३ प्रतिशतले धेरै हो।
गत वर्षको यही अवधीमा कम्पनीले ५ करोड ५५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसैगरी, तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ८ करोड ८४ लाख ६० हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेको छ। उक्त रकम गत आर्थिक वर्षको तुलनामा ११५.६० प्रतिशतले धेरै हो। गत वर्षको यही अवधीमा कम्पनीले ५० करोड ४८ लाख ४४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो।
त्यस्तै, कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र जगेडा कोषमा ३६ करोड ६० लाख ६४ हजार रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३० पैसा रहेको छ।


























