बैशाख २३ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। हिजो बुधबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सयले बढेको छ।
आज सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यस्तै आज तेजाबी सुन ९० हजार १ सय रुपैयाँमा कारोबार हुनेछ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ। हिजो प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीमा झिनो ५ रुपैयाँको गीरावट आएको छ। आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार हुने हुने महासङ्घले जनाएको छ।
Facebook Comments


























