बैशाख २२ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट टिम दिल्ली क्यापिटल्सका स्पिनर अमित मिश्रालाई कोरोना भाईरसको संक्रमण देखिएको छ। पछिल्लो पटक गरिएको परिक्षणमा स्पिनर अमितलाई कोरोना देखिएको हो।
कोरोना देखिएसँगै अमित क्वारेन्टिनमा बसेको बताईएको छ। आईपीएलका लागि दिल्लीको टिमसँग रहेका अमितलाई कोरोना देखिएको हो। पछिल्लो समय आईपीएल खेलिरहेका थुप्रै खेलाडीहरुमा कोरोना संक्रमण देखिन थालेको छ। खेलाडीमा कोरोना देखिन थालेपछि बीसीसीआईले आईपीएल अनिश्चितकालका लागि स्थगित गरिसकेको छ। एजेन्सी
Facebook Comments


























