बैशाख २० । घरेलु टिम श्रीलंकाले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ। केन्डीमा सोमबार दोस्रो टेस्टमा बंगलादेशलाई २ सय ९ रनले पराजित गर्दै श्रीलंकाले सिरिज १-० ले आफ्नो बनाएको हो।
श्रीलंका र बंगलादेशबीचको पहिलो टेस्ट भने ड्र भएको थियो। श्रीलंकाले दिएको ४ सय ३७ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको बंगलादेश २ सय २७ रन जोड्दा अलआउट भएको थियो। बंगलादेशका लागि मुस्फुकर रहिमले ४० रन जोड्दा मेहदी हसन मिराजले ३९ रन बनाए।
बंगलादेशलाई सस्तैमा समेट्न श्रीलंकाका प्रभिन जयविक्रमाले ५ विकेट लिए। रमेश मेन्डिसले ४ विकेट लिए। यस अघि दोस्रो इनिङ्समा श्रीलंकाले १ सय ९४ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दा बंगलादेशले उच्च लक्ष्य पाएको थियो।
श्रीलंकाले पहिलो इनिङ्समा ४ सय ९३ रन बनाएको थियो। उसका लागि थिरिमानेले १ सय ४० र कप्तान दिमुथ करुनारत्नेले १ सय १८ रनको शतकीय इनिङ्स खेलेका थिए। बंगलादेश पहिलो इनिङ्समा २ सय ५१ रन जोड्दा अलआउट भएको थियो। एजेन्सी


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







