बैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञालाई थप कडा बनाउने बताएका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दै उनले कोरोनाको लहर फैलिन नदिने लकडाउन नै विकल्प रहेको सुझाव विज्ञहरूको रहेकाले सरकारले लकडाउनलाई थप कडा बनाउन लागेको बताएका हुन्।
ुलकडाउन नै कोरोना संक्रमणको चेन रोक्ने उत्तम विकल्प रहेको सुझाव विज्ञहरूले दिएकाले सरकारले लकडाउनलाई थप कडा बनाउन लागेको हो,ु उनले भने। कुनै पनि नागरिकलाई लकडाउनको असर पुग्न नदिन सरकार सचेत रहेको उनले बताए। दोस्रो लहर नियन्त्रणका निम्ति सरकार लागि परिरहेको उनको भनाइ छ।
प्रदेशसँग समन्वय गर्नका निम्ति संघीय सरकारका सात मन्त्रीलाई फोकल पर्सन तोकिएको उनले बताए। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश १ को संयोजकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाम्फे, त्यस्तै प्रदेश २ मा शहरी विकासमन्त्री प्रभु साह, बागमतीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, गण्डकीमा कृषिमन्त्री अर्याल, लुम्बिनीमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, कर्णालीमा वनमन्त्री प्रेम आले र सुदूरपश्चिमको संयोजकमा उद्योगमन्त्री लेखराज भट्ट तोकिएका छन्।


























