काठमाडौं, बैशाख २० । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ। बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिए। दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ।
Facebook Comments


























