काठमाडौं, बैशाख २० । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एफसी चितवन र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ।
चितवन र विराटनगरबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ। आज चितवन पहिलो जित निकाल्ने योजनासहित मैदान उत्रने छ। तीन खेल खेल्दा चितवनले जित निकाल्न सकेको छैन। चितवन ३ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ।
चितवनले अघिल्ला ३ खेलमा दुई बराबरी र एक हार व्यहोरेको छ। ललितपुर र बुटवलसँग बराबरी खेलेको चितवन धनगढीसँग पराजित भएको थियो।विराटनगर भने दोस्रो जित निकाल्ने योजनामा रहेको छ। विराटनगर ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ। आज चितवनलाई हराएर विराटनगर शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्न चाहन्छ।
पहिलो खेलमा धनगढीलाई पराजित गरेको विराटनगर दोस्रो खेलमा पोखरासँग पराजित भएको थियो। यस्तै तेस्रो खेलमा विराटनगरले बुटवलसँग बराबरी खेलेको थियो।


























