बैशाख २० । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ। अहमदाबादमा हुने खेलमा कोलकत्ता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ।
कोलकत्ता र बैंगलोरबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ। आज कोलकत्ता तेस्रो जित निकाल्ने योजनासहित मैदान उत्रने छ। कोलकत्ता ७ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ।
बैंगलोर भने छैटौं जित निकाल्ने योजनामा हुनेछ। बैंगलोर ७ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ। बैंगलोर आज कोलकत्तालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ। दुई टिमबीचको पछिल्लो पाँच खेलमा बैंगलोरले ४ खेल जितेको छ। कोलकत्ताले १ खेल जितेको छ। एजेन्सी
Facebook Comments


























