चितवन, बैशाख १९ । नेपालमा एकैदिन ७ हजार २११ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। पीसीआर विधिबाट गरिकएको परीक्षणमा ७ हजार १३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो।
यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो। शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५ हजार ७६३ संक्रमित फेला परेका थिए। एकै दिनमा यो रेकर्ड तोडिएको हो। योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ।
यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन्। नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ। हालसम्म ३ हजार ३ सय २५ जनाले ज्यान गुमाइसकेका छन्।
Facebook Comments


























