इनरुवा, बैशाख १८ । सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर आज मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन्।
सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिए। रासस
Facebook Comments


























