बैशाख १६ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज दुई खेलहरु हुँदैछ। दिल्लीमा हुने पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। मुम्बई र राजस्थानबीचको खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ।
आज मुम्बई तेस्रो जित निकाल्ने योजनासहित मैदान उत्रने छ। मुम्बई पाँच खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ। राजस्थान पनि तेस्रो जित निकाल्ने योजनामा हुनेछ। राजस्थान ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ।
दुई टिमबीचको पछिल्लो पाँच खेलमा राजस्थानले ४ खेल जितेको छ। मुम्बईले एक खेल मात्र जितेको छ। अहमदाबादमा हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइटराईडर्सबीच प्रतिस्पर्धा हुनेछ।
दिल्ली र कोलकत्ताबीचको खेल साँझ पौने ८ बजे सुरु हुनेछ। दिल्ली पाँचौ जित निकाल्ने योजनामा हुनेछ। दिल्लीले ६ खेलमा ८ अंक जोडेको छ। दिल्ली तेस्रो स्थानमा रहेको छ। कोलकत्ता तेस्रो जितको खोजीमा हुनेछ। पाँचौ स्थानको कोलकत्ताले ६ खेलमा ४ अंक जोडेको छ। दुई टिमबीचको पछिल्लो पाँच भेटमा दिल्लीले ४ खेल जित्दा कोलकत्ताले १ खेल जितेको छ। एजेन्सी


























