काठमाडौं, बैशाख १६ । नेपाली बजारमा सुनको मूल्य विहीबार सामान्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ। हिजो सुनको मूल्य तोलामा ९० हजार ५ सयमा कारोबार भएको थियो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ रहेको छ। चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको छ।
Facebook Comments


























