काठमाडौं, बैशाख १६ । गृह मन्त्रालयले भोलिदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विहीबार निषेधाज्ञाको पहिलो दिन भएकाले धेरैलाई यसको प्रोटोकलबारे जानकारी नभएकाले दोस्रो दिनबाट कडाइ गर्ने बताए ।
‘निषेधाज्ञाको पहिलो दिन सडकमा केही भीड र ट्राफिक जाम देखिएको छ’ उनले भने, ‘भोलिदेखि काठमाडौंको निषेधाज्ञालाई थप कडाइ गर्नेछौं।’ उनले निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानूनी कारवाहीमा ल्याउने समेत चेतावनी दिए।
सरकारले जारी गरेको दुई साता लामो लकडाउन सुरु भएको पहिलो दिन विहीबार सुन्धरा, भद्रकाली र रत्नपार्कमा सयौं गाडी र मोटरसाइकलको जाम भएको थियो। परिचयपत्रधारी व्यक्तिहरु कार्यालय समयमा एकैपटक निस्किँदा जाम भएको बताइएको छ।
Facebook Comments


























