काठमाडौं, बैशाख १६ । पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ। श्वासप्रश्वासमा समस्यासँगै अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो।
कोरोना संक्रमणपश्चात पूर्वराज दम्पती काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन्। अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ। उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको जनाइएको छ। पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको र उनलाई अक्सिजनको सपोर्ट आवश्यक नपरेको अस्पतालले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
Facebook Comments


























