काठमाडौं, बैशाख १६ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा उल्लंघन गर्ने तीन सय सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधाज्ञा उल्लंघन गर्दै चलाइएका केही निजी गाडी र मोटरसाइकलसमेत गरी तीन सय सवारीसाधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। होल्डिङ सेन्टरमा राखिएका ती सवारीसाधन बेलुका ७ बजेमात्रै छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
निषेधाज्ञा सफल बनाउन उपत्यकामा प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाए पनि निषेधाज्ञा उलंघन गर्नेहरू देखिएपछि चेकजाँचलाई कडा पारिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।
काठमाडौं जिल्लामा १० बजेसम्म सामान किन्न जानेहरुलाई छुट दिइएको छ। सिंहले काठमाडौंका १२८ ठाउँका नेपाल प्रहरी परिचालन गरिएको छ भने ४४ ठाउँमा ट्राफिकसहितको संयुक्त चेकजाँच गरिएको छ।


























