बैशाख १५ । नेपाली बजारमा बुधवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार २ सय रहेको थियो। भने आज सुनको मूल्य तोलामा ७ सयले कमि आई प्रतितोलामा ९० हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुुनको मूल्य ९० हजार कायम भएको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ। मंगलवार चाँदीको मूल्य १३ सय १५ रहेको थियो भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १३ सय ५ कायम भइ कारोबार भइरहेको छ।
Facebook Comments


























