बैशाख १५ । साउथकी एक्स्प्रेशन क्वीन रश्मिका मन्डाना आफ्नो अभिनय र एक्स्प्रेशनका कारण सधै चर्चामा रहेने गरेकी छिन्।
उनले पहिले नै दुइवटा बलिउड प्रोजेक्ट गरेको बताएकी छिन्। उनले आइजी लाइभमा बोल्दै आफुले बलिउडमा पहिले नै दुइवटा बलिउड प्रोजेक्ट गरिसकेको र अब तेस्रो फिल्म पनि छिट्टै साइन गर्ने बताएकी छिन्।
उनले भनेकी छिन् ‘म दुई बलिउड फिल्महरू गर्दैछु र चाँडै तेस्रोमा हस्ताक्षर गर्ने छु। मलाई अहिले पक्का निश्चित छैन तर म तेस्रो चाँडै गर्नेछु। प्रतीक्षा गर्नुहोस्’
रश्मिकाको क्यारियरको बारेमा कुरा गर्ने हो भने उनले क्यारियर शुरुवात गरेको धेरै समय भएको छैन, तर उनले असाधारण लोकप्रियता हासिल गरिन। रश्मिका २०१६ मा कन्नड़ फिल्म किरिक पार्टीको साथ उद्योगमा प्रवेश गरेकी थिइन्। त्यसपछि उनले अन्जनी पुत्र, चम्का, चलो जस्ता फिल्महरू गरिन्। एजेन्सी
Facebook Comments


























