बैशाख १४ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ। अहमदाबादमा हुने खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ।
दिल्ली र बैंगलोरबीचको खेल साँझ पौने ८ बजे सुरु हुनेछ। आज दुबै टिम शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ।
आज दिल्ली पाँचौ जित निकाल्ने योजनामा हुनेछ। दिल्ली जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ। दिल्ली ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। बैंगलोर पनि पाँचौं जित निकाल्ने योजनामा रहेको छ।
बैंगलोर दिल्लीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ। बैंगलोर ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। दुई टिमबीचको पछिल्लो पाँच खेलमा दिल्ली बलियो देखिएको छ। दिल्लीले ४ खेल जित्दा बैंगलोरले एक खेल जितेको छ। अघिल्लो संस्करणको दुबै भेटमा दिल्ली विजयी भएको थियो। एजेन्सी


























