चितवन, बैशाख १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ४४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।
१२ हजार ४०० जनाको पीसीआर र ८९३ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन्। योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ।
२४ घण्टामा थप ३७८ जना कोरोना संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ।
२४ घण्टामा थप १२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १२जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १७६ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

























