चितवन, पुस २५। चितवनमा फेरि एक गैंडा मृत अवस्थामा भेटिएको छ। बिहान करिब ८ वजे चितवन राष्ट्रिय निकुञ्ज भित्र घडगाई पोष्ट नजिक गैंडा मृत अवस्थामा भेटिएको हो।
रंगोली घोलमा गढेको अवस्थामा रहेकाले भाले वा पोथी के हो भन्ने बिषयमा बारेमा केहि खुल्न सकेको छैन। गैंडा ५/७ दिनदेखि मरेको हुनसक्ने अनुमान गरिएको छ।
यो महिना मात्र चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत भेटिसके। पुस २० गते रतौलको मध्यवर्ती जंगल नजिकको तोरीबारीमा गैंडा मृत भेटिएको थियो।
चालु आर्थिक वर्षमा यो सँगै ७ वटा गैंडा कालगती र विभिन्न कारणले मरेका छन्।
Facebook Comments