काठमाडौं, बैशाख १२ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि नहुने भएका छन्।
कोभिड संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यकबाहेक अन्य नियमित काम सोमबारदेखि बन्द गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै नागरिकतालगायत अन्य जिल्ला प्रशासनबाट हुने सेवाहरू एक साता बन्द हुनेछन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भीडभाड कम होस् र मानिसहरू घरबाट बाहिर निस्कन पर्ने अवस्था पनि नहोस् भनेर यस्तो निर्णय गरिएको बताए।
Facebook Comments


























