बाँके, बैशाख १२ । जिल्ला प्रशासन कार्यालय, बाँकेले निषेधाज्ञा जारी गरेको छ। कोरोनाको नयाँ भेरियन्टको चेन तोड्न सोमबार रातिदेखि २० गते मध्यरातसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।
प्रशासन कार्यालयका अनुसार यस अवधिमा अत्यावश्यकीय सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै सेवा बन्द गरिएको छ। निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्था, सवारी साधन, पसल, हाटबजार सञ्चालन र अत्यावश्यक काम बाहेक हिँड्डुलमा समेत निषेध गरिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले वैशाख ८ गतेदेखि नै निषेधाज्ञा जारी गरेको थियो। यता, कोहलपुर नगरबाट निषेधाज्ञा गर्न सिफारिस आएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।

Facebook Comments


























