चितवन, बैशाख १२ । पछिल्लो २४ घण्टामा थप तीन हजार १२२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पीसीआर परीक्षण र एन्टिजेन परीक्षणमा तीन हजार बढीमा संक्रमण पुष्टि भएको हो।
९ हजार २९२ जनाको पीसीआर परीक्षाण गर्दा तीन हजार ३२ र सात सय ८६ जनाको एन्टिजेन परीक्षणमा ९० गरेर आइतबार तीन हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३९२ रहेको छ।
Facebook Comments


























