बैशाख ११ । कीर्तिपुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई २३९ रनको लक्ष्य दिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको छ।
नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए। कुशल भुर्तेलले ७७ रनको योगदान गरे भने कुशल मल्ले ५० रन बनाए। अर्का खेलाडी दीपेन्द्र सिंहले ४८ रन बनाएका छन्। नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले ब्याटिङ गरिरहेको छ।
Facebook Comments


























