काठमाडौं, बैशाख ११ । बजाज पल्सर ट्राई नेसन्स टी-ट्वेन्टी सिरिजको नेपाल विरुद्ध नेदरल्याण्ड्स बिचको फाइनल खेल केही बेरमा त्रिवी क्रिकेट मैदानमा खेलिँदै छ।
टसका लागि मैदान प्रवेश गरेका दुई कप्तान ज्ञानेन्द्र मल्ल र पीटर सीलारमा, अतिथि राष्ट्र नेदरल्याण्ड्सका कप्तान सिलारले टस जिती बलिङ गर्ने निर्णय गरेका छन्।
मलेसिया विरुद्धको अन्तिम खेलमा डेब्यु गर्दै ३ विकेट लिएका कमल ऐरीलाई नेपालले आज पनि खेलाएको छ। स्पिनर सुसन भारीको स्थानमा अभिनाश बोहोराले ठाउँ पाउँदा नेपाल आजको फाइनल खेलमा ४ तिब्र गतिका बलर सहित मैदान प्रवेश गर्दै छ।
Facebook Comments


























