बाँके, बैशाख ८ । बाँकेको नेपालगञ्जमा आज राती १२ बजेदेखि लकडाउन हुने भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थान केन्द्रको बैठकले बुधबार राती १२ बजेदेखि बैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो।
यसबीचमा दैनिक उपभोग्य वस्तु लगायतका पसल मात्रै खोल्न पाइनेछ। जिल्लामा संक्रमण बढ्नुको साथै कोभिड १९ का बिरामीले अस्पतालका बिरामी कक्ष समेत भरिएपछि बाध्य भएर लकडाउन अर्थात निषेधाज्ञा गर्नुपरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
‘अहिलेसम्म परीक्षणको अवस्था र बिरामीको संख्या हेर्दा निषेधाज्ञा ९लकडाउन० को विकल्प देखिएन’ उनले भने, ‘कोभिड संक्रमणको चेनलाई ब्रेक गर्न निषेधाज्ञा गरेका हौँ।’
अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा ७ सय ३५ जनामा कोभिड १९ संक्रमण देखिएको छ। सरकारले पाँच सय भन्दा बढी संक्रमित देखिएमा लकडाउन गर्न स्थानीय तहलाई अधिकार दिएको छ।



























