बैशाख ८ । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछ। चेन्नईमा हुने पहिलो खेलमा पन्जाब किङ्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ।
पन्जाब र हैदरावादबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। आज पन्जाब दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ। पन्जाबले ३ खेलमा २ अंक जोडेको छ। पन्जाब पुछारबाट दोस्रो स्थानमा रहेको छ।
हैदरावाद भने पहिलो जितको खोजीमा रहेको छ। पुछारमा रहेको हैदरावादले ३ खेलमा ३ खेल नै गुमाएको छ। अर्को खेलमा कोलकत्ता नाइट राईडर्स र चेन्नई सुपर किङ्सबीच खेल हुनेछ। कोलकत्ता र चेन्नईबीचको खेल नेपाली समय अनुसार राती पौने ८ बजे सुरु हुनेछ।
आज कोलकत्ता दोस्रो जित निकाल्ने योजनामा रहेको छ। कोलकत्ताले ३ खेलमा २ अंक जोडेको छ। चेन्नई भने तेस्रो जितको खोजीमा हुनेछ। चेन्नईले ३ खेलमा ४ अंक जोडेको छ। एजेन्सी


























