काठमाडौं, बैशाख ७ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको हो। नेपालका लागि ओपनरमा आएका कुशल भुर्तेल ६२ रन बनाएर आउट भए। उनलाई भिभिन किम्जाले क्याच आउट गराए। किम्जाले फालेको बलमा डी लिडले क्याच आउट गराए।
यसअघि, नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल २० रन बनाएर आउट भएका थिए। यस्तै, नेपालले ओपनरमा आएका आसिफ शेखलाई दोस्रो ओभरको अन्तिम बलमा गुमाएको थियो। उनी खाता खोल्न नपाउँदै आउट भएका थिए। १५ ओभरको समाप्तीमा नेपालले ३ विकेट गुमाएर १४२ रन बनाएको छ।
Facebook Comments


























