बैशाख ७ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ। सोमबार राति भएको खेलमा लिभरपुल लिड्स युनाईटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
लिड्सको मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलले अंक बाड्नु परेको हो। खेलको ३१ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।
तर, खेलको ८७ औं मिनेटमा डिएगो लोरेन्टले गोल गर्दै लिड्सलाई हारबाट जोगाए। यस बराबरीसँगै लिभरपुलले शीर्ष चारमा पुग्ने अवसर गुमाएको छ।लिभरपुलले ३२ खेलमा ५३ अंक जोडेको छ। र, लिगको छैटौं स्थानमा रहेको छ। लिड्स ४६ अंक जोडेर दशौँ स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























