काठमाडौं, बैशाख ६ । काठमाडौंको नागढुंगाबाट ७४३ एम्पुल लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिराहा नगराजपुर गाउँपालिका–४ का २५ वर्षीय सुनिल कुमार यादव र मोरङ रङ्गौली नगरपालिका–८ का २६ वर्षीय सुमन भण्डारी छन्।
विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ८००२ नम्बरको बस र ना ७ ख ७७३० नम्बरको बसलाई रोकी रितपुर्वक चेकजाँच गर्ने क्रममा उनीहरूको साथमा लागुऔषध फेला परेको हो। लागुऔषध डाईजेपाम, फेनरागन र नुफिन उनीहरूको साथमा फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments


























